Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीले भोलि पदाधिकारी घोषणा गर्ने, नाम टुंग्याउने अधिकार प्रचण्डलाई

माओवादीले भोलि पदाधिकारी घोषणा गर्ने, नाम टुंग्याउने अधिकार प्रचण्डलाई

  • मंगलवार, आषाढ २१ २०७९

  • 644
    SHARES

  • माओवादीले भोलि पदाधिकारी घोषणा गर्ने, नाम टुंग्याउने अधिकार प्रचण्डलाई
    काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार(भोलि) पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ। मंगलबार(आज) बसेको पूर्व स्थायी कमिटी र इन्चार्जको बैठकले उक्त निर्णय गरेको हो।
     
    माओवादी नेता गणेश शाहका अनुसार पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ। 
     
    उक्त नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने उहाँले बताउनुभयो। त्यस्तो अवस्थामा बहुमतले पारित गरेर अघि बढ्ने बैठकमा सहमति भएको शाहले जानकारी दिनुभयो।
     
    दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन आजका लागि स्थगित गरिएको थियो। आज उक्त सहमति जुटाएर भोलि केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो।


    मंगलवार, आषाढ २१ २०७९०३:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij