Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साढे तीन किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

साढे तीन किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

  • सोमवार, आषाढ २० २०७९

  • 696
    SHARES

  • साढे तीन किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

    काठमाडौं । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।

    बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । 

    ‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जङ्गलतर्फ भागेका थिए’, प्रमुख मल्लले भन्नुभयो, ‘लगत्तै जङ्गलमा रहेको सेना, बाँके राष्ट्रिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’

    पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका ३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाया भागेका थिए भने विष्ट कोहलपुर पुगेका थिए ।

    उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


    सोमवार, आषाढ २० २०७९०३:१३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij