काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय समिति बैठक जारी छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको १० पन्ने राजनीतिक प्रतिवेदनमा खुला छलफल भइरहेको छ । प्रचण्डले केन्द्रीय सदस्यहरुलाई खुला छलफलबाट आफ्नो धारणा राख्न आह्वान गर्नुभएको छ ।
प्रचण्डको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ उल्लेख गरिएको छ । यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ ।
यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गर्नुभएको छ ।