Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बल्ल खुल्दै छ रहस्य, बाबुरामलाई माओवादीमा फिर्ता ल्याउने तयारी 

बल्ल खुल्दै छ रहस्य, बाबुरामलाई माओवादीमा फिर्ता ल्याउने तयारी 

  • आइतवार, आषाढ १९ २०७९

  • 2.1K
    SHARES

  • बल्ल खुल्दै छ रहस्य, बाबुरामलाई माओवादीमा फिर्ता ल्याउने तयारी 
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताउनुभएको छ । 
     
    जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएको थियो।
     
    त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भट्टराईले भेटवार्ता गर्नुभएको थियो । 
     
    आइतबार कमलादीमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा भाग लिई बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताउनुभयो । 
     
    ‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘उहाँ माओवादीमा फर्कने सम्भावना छ। कुराकानी पनि भइरहेका छन्।’
     
    उहाँले वामपन्थीहरू एक हुने भए समाजवादी केन्द्र बनाउन सकिने पनि बताउनुभएको छ । 
     
    ‘समाजवादी केन्द्र पनि राम्रो हो। माओवादी मात्रै हुनुपर्छ भन्ने शब्दमा हामी खेल्न चाहन्नौं,’ उहाँले भन्नुभयो, ‘यो चुनावअघि नै वामपन्थीहरू एक हुने सम्भावना छ। माओवादी मात्र एक हुने होइन, वामपन्थीहरू नै एक हुनुपर्दछ।’
     
    उहाँले हिजोका माओवादीहरू मूलभूत रूपमा अब एक हुनेतर्फ अघि बढेको पनि बताउनुभयो । माओवादी र बाहिर रहेका कम्युनिस्ट घटकलाई वामपन्थी मोर्चामा अघि बढाएर नेतृत्व गर्नुपर्ने बेला आएको बताउनुभयो । 
     
    उहाँले एजेन्डा र मुद्दा मिल्नेसँग चुनावी गठबन्धन फलदायी हुने देखिएको पनि बताउनुभएको छ । 
     


    आइतवार, आषाढ १९ २०७९०४:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij