Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

असारभित्रै किसानको घर–घरमा मल पुग्छ : मन्त्री यादव

असारभित्रै किसानको घर–घरमा मल पुग्छ : मन्त्री यादव

‘जसपा फुट्दैन, मन्त्री फिर्ता बोलाउने कुरा हल्ला’
  • आइतवार, आषाढ १९ २०७९

  • 584
    SHARES

  • असारभित्रै किसानको घर–घरमा मल पुग्छ : मन्त्री यादव

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले असार महिनाभित्रै मलको अभाव अन्त्य हुने बताउनुभएको छ ।

    यहि ९ गतेदेखि काठमाडौंमा मल आइसकेको र अहिले १ लाख ७० हजार बोरा मल वितरण भइरहेको मन्त्री यादवले बताउनुभयो । उहाँका अनुसार कोलकत्ता बन्दरगाहबाट बाँकी मल आउने क्रममा छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले अबको ४/५ दिनको अवधिमा साढे ५ लाख बोरा मल आइपुग्ने बताउनुभयो । कति आइपुगेको र कति आउनेक्रममा रहेकाले यो महिनाभित्रै मलको अभाव अन्त्य हुने मन्त्री यादवले विश्वास दिलाउनुभएको हो ।

    मन्त्री यादवले भन्नुभयो, ‘ठेक्का प्रणालीबाट किसानलाई मल ल्याउन सधै अफ्ठेरो भएको हो, त्यसैले यो प्रणालीलाई परिवर्तन गरेर आयल निगमजस्तै बनाउनुपर्ने हुन्छ, मल कारखाना जडान गर्नुपर्ने हुन्छ ।’

    सबै गोदामहरुमा मल आइरहेकाले अहिले बाहिर भनेजस्तो मलको अभाव नरहेको मन्त्री यादवको दाबी छ । चारैतिरबाट मल ल्याउने प्रक्रिया सुरु भइसकेकाले यो महिनाभीत्रैमा किसानका घर–घरमा मल पुग्ने मन्त्री यादवको भनाइ छ ।

    यस्तै अर्को फरक प्रसंगमा मन्त्री यादवले जनता समाजवादी पार्टी नफुट्ने बताउनुभएको छ । हिमाल पहाड तराई र मधेशलाई जोड्ने पार्टी भएकाले यो पार्टी फुट्न नहुने र नफुट्ने जसपाका नेता समेत रहनुभएका यादवले दाबी गर्नुभयो । पार्टीेले सरकारमा भएका मन्त्रीलाई फिर्ता बोलाउने कुरा मिडियाको हल्ला मात्रै भएको पनि मन्त्री यादवको भनाइ छ ।


    आइतवार, आषाढ १९ २०७९०७:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij