Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्नुपर्छ : मन्त्री भुसाल

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्नुपर्छ : मन्त्री भुसाल

  • शनिवार, आषाढ १८ २०७९

  • 531
    SHARES

  • बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्नुपर्छ : मन्त्री भुसाल
    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । 
     
    ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गर्नुभयो । 
     
    नेपालले पछिल्लो एक महिनामा एक अर्ब ७२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ।
     
    नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिक रूपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन्। 
     
    कृषि, जलविद्युत र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताउनुभयो । 
     
    आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताउनुभयो ।
     
    देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गर्नुभएको छ । 
     


    शनिवार, आषाढ १८ २०७९०३:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij