Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक छलफल सुरु

सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक छलफल सुरु

  • शुक्रवार, आषाढ १७ २०७९

  • 1.2K
    SHARES

  • सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक छलफल सुरु
    काठमाडौं । नेपालले भारतसँग सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न अनौपचारिक कुराकानी सुरु गरेको छ । 
     
    पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताउनुभयो ।
     
    भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको सचिव पाण्डेयले बताउनुभयो । 
     
    इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुनबाट जोगाउन सरकारले अधिक प्रयास गरिरहेको पनि पाण्डेयले बताउनुभयो ।
     
    सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा प्रशोधित इन्धनको मूल्यको मारमा मुलुक पर्दै आएको छ । इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।
     
    इन्धनको उच्च मूल्यका कारण यसको कारोबार गर्ने नेपाल आयल निगमको घाटा १५ दिनमा १० अर्ब रुपैयाँ नाघ्न थालेको छ । निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता पनि बढ्दै गएको छ । निगमको पछिल्लो विवरणअनुसार यस्तो बक्यौता रकम २३ अर्ब पुगिसकेको छ ।


    शुक्रवार, आषाढ १७ २०७९०७:०२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij