पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।
‘हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल दर्ता भएको छ’,पार्टी सभापति लामिछानेले भने ।
नेपालको संविधानसहित प्रचलित कानुनअनुसार आफूहरूलाई आयोगले मान्यता दिएको सो पार्टीले जनाएको छ ।
पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।