Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई भेट्न राजेश हमाल एक्कासी खुमलटार पुगेपछि... 

प्रचण्डलाई भेट्न राजेश हमाल एक्कासी खुमलटार पुगेपछि... 

  • शुक्रवार, आषाढ १७ २०७९

  • 585
    SHARES

  • प्रचण्डलाई भेट्न राजेश हमाल एक्कासी खुमलटार पुगेपछि... 
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।
     
    प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उहाँको निवास खुमलटार पुग्नुभएको थियो । 
     
    उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी कलाकार चेतन सापकोटाले बताउनुभएको छ । 
     
    ‘उहाँहरूबीच अहिलेसम्म भेट भएको थिएन। दुबैले भेट्न चाहनुभएको थियो, 'उहाँले भन्नुभयो,'मैले त्यसको संयोजन गरेको हो। राजेशदाइले अध्यक्षसँग केही राजनीति र केही सिने क्षेत्रका कुरा गर्नुभयो।’
     
    प्रचण्ड र हमालबीच २० मिनेट एक्लाएक्लै कुराकानीसमेत भएको थियो।
     
    देशमा राजनीतिक परिवर्तन भएको र जनतामा चेतनाको स्तर बढेको भन्दै राजनीतिक र सामाजिक आन्दोलनमा प्रचण्डले खेलेको भूमिकाको हमालले प्रशंसा गर्नुभएको थियो । 
     
    अहिलेको परिवर्तनलाई संस्थागत गर्दै समृद्धि ल्याउन भने बाँकी नै रहेको उल्लेख गर्दै हमालले जनताले अपेक्षा  गरे अनुसारको विकास नपाएको बताउनुभएको छ । 
     
    हमालले प्रचण्डसँग राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार रहेको बताउनुभयो । तत्काल राजनीतिमा आउने सोच नरहे पनि आउँदै आउँदिनँ भन्ने पक्षमा पनि आफू नरहेको हमालले बताएको सापकोटाले उल्लेख गर्नुभयो । 
     
    नेपाललाई विदेशी चलचित्रको सुटिङका लागि हब बनाउन सकिने भन्दै त्यसका लागि नेपाली कला संस्कृति अनि प्राकृतिक दृश्यलाई विश्वमा चिनाउन जरुरी रहेको हमालले बताउनुभएको थियो । 
     
    जवाफमा प्रचण्डले हमाललाई आफूले बौद्धिक अनि अध्ययनशील कलाकारको रूपमा बुझेको बताएको सापकोटाले जानकारी दिनुभयो ।


    शुक्रवार, आषाढ १७ २०७९०३:०९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij