Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, बजेट संशोधनको अडान कायमै

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, बजेट संशोधनको अडान कायमै

  • बिहिवार, आषाढ १६ २०७९

  • 1.3K
    SHARES

  • सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, बजेट संशोधनको अडान कायमै

    कठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ ।

    सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरूले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    प्रदेशसभा सदस्यहरूकै असहमतिका कारण १२ जेठमा बस्न नसकेको बैठक सभामुख अर्जुनबहादुर थापाले बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि अनिश्चित कालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी सत्तारुढ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भरतबहादुर खड्काले बजेट संशोधन गर्नुपर्ने माग सरकारले सम्बोधन नगरेसम्म प्रदेशसभाको बैठक सञ्चालन गर्न नसकिने अडान राख्नुभएको थियो । उहाँकाअनुसार बिहीबारको बैठकमा सहभागी सबै दलले एकै स्वरमा जसरी पनि बजेट संशोधन गरिनुपर्ने अडान लिएपछि प्रदेश सरकारको आग्रहमा बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

    बैठकमा प्रमुख विपक्षी नेकपा एमाले र जनता समाजवादी पार्टी सहभागी थिएनन् । पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनुभएका प्रदेशसभा सदस्य पठानसिंह बोहराले धनगढीमा कोही पनि सांसद उपस्थित नभएका कारणले बैठकमा सहभागी नभएको बताउँदै बजेट संशोधनको एजेण्डामा एमाले स्पष्ट रहेको बताउनुभयो ।

    असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९–८० को बजेटमाथि छलफल गर्न ८ असारमा प्रदेशसभाको बैठक बोलाइएको थियो तर प्रदेशसभा सदस्यहरूको विरोधका कारण बैठक बस्न नसकेपछि १२ गतेका लागि सारिएको थियो ।

    प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको अडान कायमै राखेपछि बिहीबारका लागि बोलाइएको बैठक तेस्रो पटक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

     


    बिहिवार, आषाढ १६ २०७९०३:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij