Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बामदेव पुगे ओली निवास, भेटवार्ता जारी

बामदेव पुगे ओली निवास, भेटवार्ता जारी

  • बिहिवार, आषाढ १६ २०७९

  • 749
    SHARES

  • बामदेव पुगे ओली निवास, भेटवार्ता जारी

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुग्नुभएको छ ।

    तत्कालीन नेकपालाई जोडेर वाम एकता गराउने कसरतमा जुटेका गौतम पहिलो पटक ओली निवास बालकोट पुग्नुभएको हो ।

    अहिले ओली र गौतमबीच भेटघाट जारी रहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । ‘अध्यक्ष ज्यू र वामदेव कमरेडवीच भेटघाट चलिराखेको छ’ बजगाइले भने,‘भेटघाट चलिराखेको छ । भेट भई राखेको बेला के कुरा भयो ? कसरी थाहा पाउँने ? भेटघाट सकिएपछि भन्छु ।’


    बिहिवार, आषाढ १६ २०७९०१:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij