Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संघीय सरकारकै कारण प्रदेश प्रहरी भर्ना गर्न सकेनौं : मुख्यमन्त्री राउत

संघीय सरकारकै कारण प्रदेश प्रहरी भर्ना गर्न सकेनौं : मुख्यमन्त्री राउत

  • बुधवार, आषाढ १५ २०७९

  • 648
    SHARES

  • संघीय सरकारकै कारण प्रदेश प्रहरी भर्ना गर्न सकेनौं : मुख्यमन्त्री राउत

    काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरी भर्ना गर्न अगाडि बढेपनि संघीय सरकारकै कारण सफल हुन नसकेको बताउनु भएको छ ।

    जनकपुरधाममा बुधबार सुरु भएको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारको कृदृष्टिका कारण हालसम्म पनि प्रहरी भर्ना सफल हुन नसकेको बताउनुभयो। यद्यपि प्रहरी, प्रदेश निजामती लगायतका सेवामा छिट्टै भर्ना हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

    मधेशका युवाको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताउँदै उनले मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको बताउनुभयो। युवालाई प्रदेशमै रोजगारी सिर्जनाका लागि पहल भइरहेको उनको भनाई छ ।

    सरकारी रोजगारीले मात्र बेरोजगारीको समस्या समाधान नहुने भन्दै उहाँले उद्योग धन्दाका साथै स्वरोजगारका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो।

    महोत्सवमा मधेश मन्थन, मधेश जागरण, मधेश हटिया, मधेशका मानसहितका बिषयमा छलफल गर्दै सांस्कृतिक साँझको पनि आयोजना गरिने भएको छ । महोत्सव समापनका अवसरमा घोषणा पत्र समेत सार्वजनिक गरिने आयोजक महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

     


    बुधवार, आषाढ १५ २०७९०७:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij