काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले लोकतन्त्रको पक्षमा उभिएका र समाजवादी कार्यदिशा अंगालेका कम्युष्टि समूहरुकोबीचमा सहकार्यको सम्भावना रहेको र भइरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव भुसालले भन्नुभयो, ‘जस्ले लोकतन्त्रप्रती घात गर्छन् र समाजवादी कार्यदिशा अंगालेका छैनन् तिनीहरुले कम्युनिष्ट नाम राख्दैमा सहकार्य र एकता भइहाल्ने सम्भावना छैन । जस्ले लोकतन्त्र मान्दैन, जस्ले जनताका अधिकारमाथि कुठाराघात गर्छ, त्यसलाई कम्युनिष्ट भन्न सकिन्न, सबैभन्दा पहिला त कम्युनिष्ट को हो भन्ने कुराको निक्र्यौल गरियो भने मात्रै एकता सहकार्य गर्न सक्ने, नसक्ने टुङगो लाग्छ सक्छ ।’
महासचिव भुसालले नेपाली कांग्रेससँग विचारधारा हिसावले ठुलो भिन्नता रहे पनि तात्कालिक मुद्दामा कांग्रेस र कम्युनिष्टबीच सहकार्य छ र आवश्यक पनि रहेको बताउनुभयो ।
जुन उद्देश्यले गठबन्धन गरिएको थियो त्यो अहिले पनि आवश्यक रहेकाले गठबन्धन जारी रहने महासचिव भुसालको भनाइ छ । संविधानको रक्षाको कुरालाई स्विकार गर्न नसक्ने जो सुकै नामका हुन् उनिहरुसँग सहकार्य हुनै नसक्ने महासचिव भुसालको दाबी छ ।