Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

टाट पल्टिएपछि तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै आयल निगम 

टाट पल्टिएपछि तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै आयल निगम 

  • मंगलवार, आषाढ १४ २०७९

  • 1.7K
    SHARES

  • टाट पल्टिएपछि तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै आयल निगम 
    काठमाडौं । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ । भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो ।
     
    पूर्णरुपमा आर्थिक रूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएको छ । त्यसका लागि निगमले केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ । 
     
    स्रोतका अनुसार अर्थमन्त्रालयले बैङ्कमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोध भर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ । 
     


    मंगलवार, आषाढ १४ २०७९०७:५९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij