Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

 काठमाडौं बाहिर ३५ विमानले गर्न थाले रात्रि पार्किङ 

 काठमाडौं बाहिर ३५ विमानले गर्न थाले रात्रि पार्किङ 

  • मंगलवार, आषाढ १४ २०७९

  • 1.0K
    SHARES

  •  काठमाडौं बाहिर ३५ विमानले गर्न थाले रात्रि पार्किङ 
    काठमाडौं । सोमबारदेखि वायुसेवा कम्पनीका विमानहरूको उडान अनुमतिपत्र अनुसार नै रात्रिकालीन पार्किङ (बिसान) थालेका छन् । 
     
    नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै ७ असारदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलर जारी गरेको थियो ।
     
    त्यसैअनुसार सोमबार साँझबाट विभिन्न वायुसेवा कम्पनीका विमानले धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका विमानस्थलमा रात्रिकालीन बिसान गरेका छन् । उनीहरूले सोही विमानस्थलबाट पहिलो उडान पनि भरेका छन् ।
     
    दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यकाबाहिर रात्रि बिसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरू आन्दोलित भएका थिए । तर, नेपाल वायुसेवा सञ्चालक संघसँग प्राधिकरणले संवाद गरेर निर्णय कार्यान्वयन गर्ने बाटो खोलेको थियो ।
     
    प्राधिकरणका सूचना अधिकारी तथा उडान अनुमति शाखाका उपप्रवन्धक ज्ञानेन्द्र भुलका अनुसार मोफसलमा रात्रि बिसान गर्नुपर्ने करिब ९० प्रतिशत विमानहरूले सोमबार काठमाडौं छाडेको बताउनुभएको छ । प्राविधिक कारणबाहेकको अवस्थामा अब तोकिएकै विमानस्थलमा विमानहरू रात्रि बिसानमा जाने उहाँले बताउनुभयो ।
     
    उहाँका अनुसार मंगलबार बिहान रात्रि बिसान गरेको विमानस्थलबाट भएको पहिलो उडानमा अधिकांश वायुयानले ‘फूल अकुपेन्सी’ पाएका छन् । 
     
    प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिलेसम्म ५२ वटा जहाज पार्किङ गरिरहेका थिए ।
     
    आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनाएको थियो ।
     


    मंगलवार, आषाढ १४ २०७९०६:०५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij