Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७५ परिवार विस्थापित

विराटनगरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७५ परिवार विस्थापित

  • मंगलवार, आषाढ १४ २०७९

  • 721
    SHARES

  • विराटनगरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७५ परिवार विस्थापित
    काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरिमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।
     
    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको उहाँले बताउनुभयो । 
     
    कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।
     
    बाढीका कारण विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा सारिएको श्रेष्ठले बताए । वर्षा जारी रहेकाले खोला किनारका बस्तीहरुलाइ सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
     
    यस्तै श्रेष्ठका अनुसार बाढीले बगाएर सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ ।
     
    सुन्दरहरैंचा-६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
     
    सुन्दरहरैंचा-३ आइतबारेमा गछिया खोलाले बगाउँदै गरेको अवस्थामा बिहान विकको शव भेटिएको थियो ।


    मंगलवार, आषाढ १४ २०७९०३:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij