Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटा नेतृत्वको टोली अजरबैजान प्रस्थान

सभामुख सापकोटा नेतृत्वको टोली अजरबैजान प्रस्थान

  • मंगलवार, आषाढ १४ २०७९

  • 660
    SHARES

  • सभामुख सापकोटा नेतृत्वको टोली अजरबैजान प्रस्थान
    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गर्नुभएको छ। अजरबैजानको राजधानी बाकुमा हुने कार्यक्रममा भाग लिन सभामुख सापकोटा नेतृत्वको टोली मंगलबार(आज) बिहान त्यसतर्फ प्रस्थान गरेको हो।
     
    असार १६ गतेदेखि १८ गतेसम्म अजरबैजानको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन सभामुख सापकोटा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहान ११ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यता प्रस्थान गरेको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभएको छ ।
     
    सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। सभामुखसहित टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसद्का महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाइ गर्नुभयो ।
     
    टोलीमा सांसद पुष्पा भुसाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन्। सम्मेलनमा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसदहरूबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद्‌का प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो ।
    टोली असार १९ मा नेपाल फर्कने कार्यक्रम छ। 


    मंगलवार, आषाढ १४ २०७९०१:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij