Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

लिफ्ट मागेर चढेका ३ जनाले कुटपिट गरी गाडी नै लुटे

लिफ्ट मागेर चढेका ३ जनाले कुटपिट गरी गाडी नै लुटे

  • सोमवार, आषाढ १३ २०७९

  • 1.5K
    SHARES

  • लिफ्ट मागेर चढेका ३ जनाले कुटपिट गरी गाडी नै लुटे
    काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ ।
     
    डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् ।
     
    महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताउनुभयो । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भन्नुभयो, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’
     
    हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
     
    घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो । 
     


    सोमवार, आषाढ १३ २०७९०२:४०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij