Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीतिबाट बाहिरिएको राजीनामाबारे बोले रवीन्द्र मिश्र

राजनीतिबाट बाहिरिएको राजीनामाबारे बोले रवीन्द्र मिश्र

  • आइतवार, आषाढ १२ २०७९

  • 789
    SHARES

  • राजनीतिबाट बाहिरिएको राजीनामाबारे बोले रवीन्द्र मिश्र
    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । 
     
    आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शङ्का उब्जिएको आफूले पाएको उल्लेख गर्दै मिश्रले आफूले अध्यक्षबाट मात्रै राजीनामा दिएको बताउनुभएको हो । 
     
    ‘स्थानीय निर्वाचनमा पार्टीको निराशाजनक नतिजा आएपछि मैले पार्टीको नेतृत्वबाट मात्र राजीनामा दिएको हो, राजनीतिबाट होइन’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।, ‘पार्टीमा १६३ जना केन्द्रीय सदस्यहरू हुनुहुन्छ। पार्टी उहाँहरूले अगाडि लैजानु नै हुनेछ भन्ने विश्वास लिएको छु। म साधारण सदस्य रहने नै छु।’
     
    राजनीतिको आफ्नो लक्ष्य देशको दूरगामी हितमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू मन्थनमा रहेको उल्लेख गर्नुभएको छ । 
     
    ‘राजनीतिको मेरो एउटै मात्र लक्ष्य भनेको यो देशको दूरगामी हित र दशकौँदेखि जसको नाममा राजनीति गरियो तर जसलाई राजनीतिले कहिल्यै स्पर्शै गरेन तिनको जीवनको रूपान्तरण हो। ती दुई लक्ष्य हासिल गर्ने प्रयासबाट म विचलित भएको छैन’, मिश्रको भनाइ छ । 
     
    उहाँले कसरी त्यो सम्भव होला भन्ने मन्थनमै रहेको भन्दै मन्थनबाट निस्किएको निष्कर्ष लिएर उपस्थित हुने बताउनु भएको छ । 
     


    आइतवार, आषाढ १२ २०७९०२:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij