Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कसैको शरणमा नपर्ने नेकपा एकीकृत समाजवादी बैठकको निर्णय

कसैको शरणमा नपर्ने नेकपा एकीकृत समाजवादी बैठकको निर्णय

  • शनिवार, आषाढ ११ २०७९

  • 566
    SHARES

  • कसैको शरणमा नपर्ने नेकपा एकीकृत समाजवादी बैठकको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आगामी आम निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ ।

    पार्टीको केन्द्रीय समिति बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रहेको निष्कर्ष पनि निकालेको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा पार्टीको भूमिका अझै बढ्ने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

    कसैको शरणमा नपरी पाँचदलीय गठबन्धन कायम रहने भन्दै खतिवडाले गठबन्धन भन्दा बाहिरका दलहरुसँग पनि खुला छलफल गर्ने निर्णय भएको बताउनुभयो । महासचिव बेदुराम भुसालले सञ्चालन गरेको आजको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सम्मानित नेता झलनाथ खनालले पनि धारणा राख्नुभएको थियो ।

    प्रतिवेदनमा आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिकोबारे चर्चा गर्नुका साथै स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र अबको सम्भावनाबारे औँल्याइएको छ । आज प्रस्तुत गरेका विषयलाई केन्द्रीय परिषद्को बैठकमा लगिनेछ । त्यहाँ विभिन्न समूहमा विभाजन गरेर राय सुझावहरू संकलन गरिने खतिवडाले जानकारी दिनुभयो ।


    शनिवार, आषाढ ११ २०७९०७:२८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij