Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल

  • शनिवार, आषाढ ११ २०७९

  • 728
    SHARES

  • संघ प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन आवश्यक : माधव नेपाल
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको आवश्यक रहेको बताउनुभएको छ ।
     
    अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आबद्ध दलका नेताहरूले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।
     
    शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गर्नुभयो ।
     
    अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरूले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको पनि बताउनुभयो ।
     
    उहाँले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।


    शनिवार, आषाढ ११ २०७९०३:२०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij