Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संवैधानिक निकायमा नियुक्तिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

संवैधानिक निकायमा नियुक्तिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

  • बुधवार, आषाढ ८ २०७९

  • 634
    SHARES

  • संवैधानिक निकायमा नियुक्तिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार(आज) संवैधानिक परिषद्‍बाट भएका नियुक्तिसम्बन्धी निर्णयका फाइल झिकाउने आदेश दिएको हो ।  

    अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार न्याय परिषद् सदस्य रामप्रसाद भण्‍डारी ‘सम्भव’ लाई विपक्षी कायम गर्न सर्वोच्चले आदेश दिएको हो । 
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि निर्वाचन आयोगसम्म भएका नियुक्तिका विषयमा यसअघि संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो ।
     
    अब कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले अन्तिम सुनुवाई गर्ने भएको हो । 
     
    संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका गर्नुभएको थियो।
     

     


    बुधवार, आषाढ ८ २०७९०१:३९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij