Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किशोरीको शंकास्पद मृत्यु, ‘प्रेमी’ पक्राउ

किशोरीको शंकास्पद मृत्यु, ‘प्रेमी’ पक्राउ

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.2K
    SHARES

  • किशोरीको शंकास्पद मृत्यु, ‘प्रेमी’ पक्राउ


    रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् ।

    प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए । करुणा र सुमन दुवैजना स्थानीय दुर्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

    उनीहरु एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको करुणाका अभिभावकले दाबी गरेका छन् । सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर भेट्न बोलाएका थिए । राति १ बजे घरमा कसैलाई थाहा नदिइ प्रेमी भेट्न घरदेखि केही टाढा चौरमा गएकी किशोरी अर्को दिन बिहान घर नजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    किशोरीको गाउँका सामाजिक संघसंस्थाले अनुसन्धान प्रभावकारी बनाउन माग गरेका छन् । परिवार र स्थानीयले घटनामा गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गर्दै सबैलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् ।

    इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुखले घटनामा अरु दोषीलाई उन्मुक्ति दिन खोजेको परिवार र स्थानीयको आरोप छ । घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिने सातजना युवालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने परिवार र स्थानीयको माग छ ।

     


    शुक्रवार, भाद्र ५ २०७७०७:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij