Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक

  • मंगलवार, आषाढ ७ २०७९

  • 622
    SHARES

  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी र पोलिटब्यूरो बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र पोलिटब्यूरोको बैठक बोलाएको छ। यही असार १० र ११ गते काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको छ ।

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण बिसीका अनुसार असार १० गते पोलिटब्यूरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। बैठकमा गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ।

    बैठकले आगामी संसदीय निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारेमा पनि छलफल गर्नेछ। बैठकले यसअघि बसेको स्थायी कमिटीको बैठकका निर्णय अनुमोदन गर्ने समेत बताइएको छ।

    यस्तै, बैठकमा केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा संगठनको अवस्था, संगठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेस गर्नेछन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो बैठकले तय गर्नेछ। त्यसपछि असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्नेछ।


    मंगलवार, आषाढ ७ २०७९११:५५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij