Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हवाई भाडा पनि बढ्यो, धनगढीका लागी तोकियो १६,८०५ रुपैयाँ

हवाई भाडा पनि बढ्यो, धनगढीका लागी तोकियो १६,८०५ रुपैयाँ

  • सोमवार, आषाढ ६ २०७९

  • 684
    SHARES

  • हवाई भाडा पनि बढ्यो, धनगढीका लागी तोकियो १६,८०५ रुपैयाँ

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

    वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

    यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् ।

    नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ ।

    अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

    यस्तो छ विभिन्न गन्तव्यमा लाग्ने हवाई भाडाको सूची !

    fair-hawai-vada.jpg


    सोमवार, आषाढ ६ २०७९०४:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij