Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जारको पानी समेत नक्कली, काठमाडौंबाट १९७ जारसहित २ जना पक्राउ

जारको पानी समेत नक्कली, काठमाडौंबाट १९७ जारसहित २ जना पक्राउ

  • सोमवार, आषाढ ६ २०७९

  • 515
    SHARES

  • जारको पानी समेत नक्कली, काठमाडौंबाट १९७ जारसहित २ जना पक्राउ

    काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ । यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

    थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको एसपी मैनालीले बताउनुभयो ।


    सोमवार, आषाढ ६ २०७९०४:३६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij