Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भेटे प्रधानमन्त्री देउवालाई, के भयो छलफल ?

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भेटे प्रधानमन्त्री देउवालाई, के भयो छलफल ?

  • सोमवार, आषाढ ६ २०७९

  • 682
    SHARES

  • कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भेटे प्रधानमन्त्री देउवालाई, के भयो छलफल ?
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
     
    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरूले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।
     
    ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नितिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाइ बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौं’ छलफलमा आफूहरुले प्रधानमन्त्रीसँग गरेको कुराकानीबारे महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ ।
     
    छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत कुराकानी भएको नेताहरुले बताएका छन् । नीति महाधिवेशन,केन्द्रीय समितिको बैठक, विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व चयन तथा पूर्णता दिने विषयमा छलफल भएको थियो ।
     


    सोमवार, आषाढ ६ २०७९०२:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij