Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारीसाधनको भाडामा उच्च वृद्धि (सूचीसहित)

सार्वजनिक सवारीसाधनको भाडामा उच्च वृद्धि (सूचीसहित)

  • सोमवार, आषाढ ६ २०७९

  • 1.7K
    SHARES

  • सार्वजनिक सवारीसाधनको भाडामा उच्च वृद्धि (सूचीसहित)
    काठमाडौं । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । 
     
    अन्तर प्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । 
     
    स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ । गए राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।


    सोमवार, आषाढ ६ २०७९१२:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij