Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ

जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ

  • आइतवार, आषाढ ५ २०७९

  • 1.8K
    SHARES

  • जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर जग्गा बिक्री गरेको आरोपमा ५ जना पक्राउ
    काठमाडौं । जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ ।
    सो घटनामा संलग्नको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ जनालाई पक्राउ गरेको छ ।
     
    सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको हो ।
     
    शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान् खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए । सो घटनामा संलग्नको आरोपमा प्रहरीले महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र ममता श्रेष्ठाई पक्राउ गरेको हो ।
     
    सीआईबीका अनुसार जग्गाधनी शान्तिदेवी लोहनी नेपाल आएका बेला जेठ ५ गते मालपोत कार्यालयमा वायोमेट्रिक गर्न गएका बेला जग्गा बिक्री भइसकेको खुलेको थियो । त्यसपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको थियो ।
     


    आइतवार, आषाढ ५ २०७९०४:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij