Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

युएईका अधिराजकुमारबाट दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

युएईका अधिराजकुमारबाट दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

  • शनिवार, आषाढ ४ २०७९

  • 1.1K
    SHARES

  • युएईका अधिराजकुमारबाट दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

    काठमाडौं । तीनदिने नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिनुभएको छ ।

    श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लौरो हस्तान्तरण गर्नुभएको हो ।

    अधिराजकुमार झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आउनुभएको हो । उहाँले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।


    शनिवार, आषाढ ४ २०७९०३:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij