Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन प्रधानमन्त्रीको आग्रह

महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन प्रधानमन्त्रीको आग्रह

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.0K
    SHARES

  • महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन आग्रह गर्नुभएको छ । आ–आफ्नो जीवनरक्षालाई उच्च महत्व दिन उहाँको सबैलाई आग्रह छ ।

    ‘यस वर्षको तीज कोरोना भाइरस महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ’, उहाँले आज ट्विट गर्दै भन्नुभएको छ, ‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना !’


    शुक्रवार, भाद्र ५ २०७७०१:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij