Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा आज र भोलि सुदूरपश्चिम भ्रमणमा

प्रधानमन्त्री देउवा आज र भोलि सुदूरपश्चिम भ्रमणमा

  • शुक्रवार, आषाढ ३ २०७९

  • 600
    SHARES

  • प्रधानमन्त्री देउवा आज र भोलि सुदूरपश्चिम भ्रमणमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि सुदूरपश्चिम भ्रमणमा रहनुहुने भएको छ ।

    प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ ।

    विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।

    दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहने छ । 

    यस्तै प्रधानमन्त्री देउवाको भोलि धनगढीमा कार्यक्रम रहेको छ । देउवाले शनिबार विहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम छ ।

     


    शुक्रवार, आषाढ ३ २०७९०९:४०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij