Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित भेटिए, विमानस्थलबाट सिधै टेकु लगियो

नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित भेटिए, विमानस्थलबाट सिधै टेकु लगियो

  • बिहिवार, आषाढ २ २०७९

  • 983
    SHARES

  • नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित भेटिए, विमानस्थलबाट सिधै टेकु लगियो

    काठमाडौं ।  नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला परेका छन्।

    दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको हो।

    शंकास्पद बिरामी नेपाली २७ वर्ष युवक रहेको चिकित्सकले जानकारी दिए । ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । उनमा ‘मंकीपक्स’ लक्षण देखिएकोले हेल्थ डेस्कले टेकु पठाएको थियो,’ ती चिकित्सकले भने, ‘शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका छन् ।’

    मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए ।

    ‘मंकीपक्स’ भाइरस पुष्टि गर्न पहिला हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएकाछौं । त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुन्छ’ ती चिकित्सकले भने ।


    बिहिवार, आषाढ २ २०७९०४:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij