Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बजेट पारित भएलगत्तै मन्त्री हेरफेर हुने

बजेट पारित भएलगत्तै मन्त्री हेरफेर हुने

  • बुधवार, आषाढ १ २०७९

  • 513
    SHARES

  • बजेट पारित भएलगत्तै मन्त्री हेरफेर हुने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने बताएको छ ।

    आज बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

    सचिवालयको बैठकले विगतमा गरेका निर्णयको अनुमोदन गरेको उहाँको भनाइ छ । यसअघि एकीकृत समाजवादीले मन्त्रीहरु फिर्ता बोलाउने बताएको थियो ।  तर अहिलेसम्म मन्त्रीहरु फेरिन सकेका छैनन् ।

    हाल मन्त्री रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुको ठाउँमा हाल राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री, श्रममन्त्रीमा शेरबहादुर कुँवर, सहरी विकासमन्त्रीमा मेटमणि चौधरीलाई पठाउने निर्णय गरेको थियो । त्यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।


    बुधवार, आषाढ १ २०७९०७:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij