Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौमा पत्रकारहरुको बृहत प्रदर्शन

आज काठमाडौमा पत्रकारहरुको बृहत प्रदर्शन

  • शुक्रवार, आषाढ १९ २०७७

  • 848
    SHARES

  • आज काठमाडौमा पत्रकारहरुको  बृहत प्रदर्शन

    श्रमजीवी पत्रकारको रोजगारीको रक्षाका लागि दबाब दिने उद्धेश्यले पत्रकारहरुले आज काठमाडौमा वृहत प्रदर्शन गर्ने भएका छन । नेपाल पत्रकार महासंघको अगुवाई र पत्रकारसम्वन्धी अन्य विभिन्न संस्थाहरुको सहभागीतामा काठमाडौको बबरमहलमा आज दिउसो दुई बजे प्रदर्शन गरिने भएको हो

    महासंघले रोजगारी संकटमा परेका श्रमजीवि पत्रकारको समस्या समाधानका लागि सञ्चार माध्यम सञ्चालक र सरकारको ध्यान खिच्नका लागि प्रदर्शन गर्न लागिएको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

    कोरोना भाइरसका कारण सञ्चार क्षेत्रमा आर्थिक सङ्कट आउनु स्वाभाविक भए पनि कतिपय राम्रै आम्दानी गरेर अन्य व्यवसायमा समेत लगानी गरेका सञ्चार गृहले यही बहानामा पत्रकारलाई पहिले निशाना बनाएकाले आन्दोलन गर्नु परेको उहाँको भनाई छ ।

    सञ्चार गृहहरुले पत्रकारलाई कामबाट निकाल्न नपाउने, काम गरे बापतको सेवा सुविधा दिनुपर्ने र सञ्चार क्षेत्रलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०२:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij