Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कुनै पनि देशको शैन्य सम्झौतामा नेपाल जाँदैन : महेन्द्र यादव

कुनै पनि देशको शैन्य सम्झौतामा नेपाल जाँदैन : महेन्द्र यादव

  • बुधवार, आषाढ १ २०७९

  • 694
    SHARES

  • कुनै पनि देशको शैन्य सम्झौतामा नेपाल जाँदैन : महेन्द्र यादव

    काठमाडौं । नेपाली काँग्रेसका नेता महेन्द्र यादवले अमेरिकाले गरेको सैन्य सम्झौता प्रस्तावमा नेपाल नजाने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्ककको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले शैन्य सम्झौता नभएको अमेरिकाले पनि स्पष्ट पारिसकेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा शैन्य समझदारीको प्रस्ताव तयार पारेको भन्ने बाहिर भइरहेका प्रचारप्रसार सबै भ्रामक भएको उल्लेख गर्नुभयो । यस्त नेता यादवले नेपाल कुनै पनि देशको शैन्य सम्झौतामा नजाने प्रस्ट पार्नुभयो ।

    शैन्य अभ्यास हुनु भनेको कुनै पनि देशको सम्झौतामा समाहित हुनु भन्ने प्रचार भ्रामक रहेको बताउँदै उहाँले यस्तो सम्झौता कांग्रेस नेतृत्वको सरकारले कहिले नगर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अमेरिका नेपालको सबैभन्दा पुरानो सहयोगी दाता राष्ट्र हो, जुनबेला नेपाललाई दाताको रुपमा कसैले पत्याउदैनथ्यो त्यो बेला अमेरिकाले नेपाललाई ठुलो सहयोग गरेको हो । अहिले पनि अमेरिकाको सहयोगमा नेपालमा धेरै विकाशका प्रोजेक्टहरु सञ्चालित छन्, धेरै योजनामा अमेरिकाको लगानी छ, त्यसैले अमेरिका मित्र राष्ट्र मात्रै हो । सम्बन्ध राम्रो छ ।’

    शैन्य अभ्यास गर्नु, एकअर्काको सीप सिक्नु, एकअर्कालाई सहयोग गर्नु फरक कुरा रहेको बताउँदै नेता यादवले अमेरिकाको शैन्य सम्झौतामा नेपाल कहिले नजाने दोहोर्‍याउनुभयो ।

    अर्को प्रसंगमा नेता यादवले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गरेकाले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरु तत्कार हेरफेर नहुने बताउनुभयो ।


    यदि केहि तत्वहरु यो कोशिसमा लागेकोभए आगामी निर्वाचनमा कांग्रेसलाई दोस्रो पार्टीमा पु¥याउने खेल र रणनिती मात्रै भएको उहाँको आरोप छ । गृहन्त्रीले स्थानीय तहको निर्वाचनलाई सफलरुपमा सम्पन्न पारेको र गठबन्धनलाई पनि सफल पारेको उल्लेख गर्दै नेता यादवले मन्त्रीहरुले राम्रो काम गरेको पनि दाबी गर्नुभयो ।


    बुधवार, आषाढ १ २०७९०७:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij