Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

घनश्याम भूसालमाथि कारवाहीको डण्डा, अनुशासन आयोगको सिफारिस अनुमोदन

घनश्याम भूसालमाथि कारवाहीको डण्डा, अनुशासन आयोगको सिफारिस अनुमोदन

  • मंगलवार, जेठ ३१ २०७९

  • 1.1K
    SHARES

  • घनश्याम भूसालमाथि कारवाहीको डण्डा, अनुशासन आयोगको सिफारिस अनुमोदन

    काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।

    मंगलबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोगकै सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । ‘पार्टी नेतृत्वबारे जस्तो अन्तर्वार्ता दिनुभयो । त्यो कारवाही योग्य छ भन्ने सचिवालयको निर्णयलाई अनुमोदन गरिएको छ’, आयोगका एक सदस्यले बताएका छन् ।

    १८ जेठमा अध्यक्ष केशव बडालले अनुशासन आयोगको सचिवालय बैठक राखेर भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गर्नुभएको थिजयो । तर आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेण्डा बनेन ।

    सचिवालय बैठक सकिएको भोलिपल्ट, मंगलबार (आज) बसेको आयोगको पूर्ण बैठकले भने भूसाललाई कारवाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ । ‘आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्छ । हामीले सिफारिस गर्ने हो, टेलिभिजनको त्यो अन्तर्वार्ता कारवाही योग्य छ’, आयोगका ती सदस्यले भने ।

    भूसालले एक अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी हारको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    आयोगको बैठकले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारवाही गर्न समेत सिफारिस गरेको छ । तर ठाउँ र व्यक्ति भने तोकेको छैन ।


    मंगलवार, जेठ ३१ २०७९०८:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij