काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूले राम्रो काम गर्न नसक्ने एमालेले आरोप मात्रै लगाउने काम गरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता महतले चिन लगायत सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध भएकाले एमालेले चिनसँगको सम्बन्धबारे आरोप मात्रै लगाएको प्रस्ट पार्नुभयो । यस्तै प्रवक्ता महतले सैद्धान्तिक समझदारी भइसकेको र बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) लिन्नौ भन्ने कुरा गलत भएको प्रष्ट पार्नुभएको छ ।
प्रवक्ता महतले भन्नुभयो, ‘नेपालको आवश्यकता र स्वार्थका आधारमा अत्यन्तै उत्पादनशील क्षेत्रमा नेपाली जनता र नेपाललाई फाइदा क्षेत्रमा सहयोग लिने हाम्रो पहिलो सिद्धान्त नै हो । जुनसुकै देशसँग सहयोग लिएपछि हामीले समग्रमा कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल कस्तो हुन्छ भन्ने आधारमा हामीले विदेशी सहयोग लिनपर्छ ।
जथाभावी उनुत्पादक क्षेत्रमा तिर्नै नसक्ने, त्यसबाट प्रतिफल नै नआउने अवस्थामा ऋण लियौँ भने हाम्रो हालत पनि श्रीलङकाको जस्तो हुन्छ ।’ निवर्तमान ओली सरकाले पनि त्यस्तै अनुत्पादक क्षेत्रमा ऋण लिनेमात्रै काम गरेको प्रवक्ता महतको आरोप छ ।
नितान्त अतिआवश्यक क्षेत्रमा र सहुलियत व्याजमा मात्रै ऋण लिने नभए अनुदान दिने आफूहरुको निती भएको प्रवक्ता महतको भनाइ छ । ऋण लिँदा होसियारपूर्वक लिने पनि उहाँको दाबी छ ।