Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कर्मचारीका छोराछोरीले पाउने छात्रवृत्तिको लोभमा किर्ते कागजात बनाएपछि...

कर्मचारीका छोराछोरीले पाउने छात्रवृत्तिको लोभमा किर्ते कागजात बनाएपछि...

  • सोमवार, जेठ ३० २०७९

  • 712
    SHARES

  • कर्मचारीका छोराछोरीले पाउने छात्रवृत्तिको लोभमा किर्ते कागजात बनाएपछि...
    काठमाडौं । निजामती कर्मचारीका सन्तानलाई सरकारले दिने छात्रवृत्तिका लागि परेका झण्डै २ सय आवेदन रुद्ध भएको छ ।
     
    आवेदन रुद्ध भएका अधिकांशले कीर्ते कागजात पेस गरेको सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय श्रोतले जनाएको छ ।
     
    ‘हाम्रा कर्मचारी साथीहरूले आफ्नो छोराछोरीलाई छात्रवृत्ति दिलाउन कीर्ते काम गरेको पाइयो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘करिब २ सय योग्यता नपुगेका आवेदकले कीर्ते कागजपत्र पेस गरेको पाएपछि हामीले छानबिन समिति गठन गरेर मात्रै छनौट गरेका हौँ ।’
     
    छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेपछि ९ सय ११ कर्मचारीले आफ्ना छोराछोरीको लागि आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पुगेका र योग्यता पुगेका ६ सय ९९ जना छनौट भएको मन्त्रालयले जनाएको छ ।
     
    सामान्य प्रशासन मन्त्रालयले जनशक्ति योजना तथा विकास महाशाखा प्रमुख उपसचिव हरि ज्ञवालीको संयोजकत्वमा गठन भएको छानबिन समितिले छात्रवृत्ति पाउनेहरूको छनोट गरेको हो ।
     
    मन्त्रालयले अस्वीकृत आवेदकलाई पनि १५ दिनभित्र उजुरी वा गुनासो दर्ता गर्न समय दिएको छ ।


    सोमवार, जेठ ३० २०७९०३:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij