Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मल ल्याउन नसक्ने मन्त्रीहरूलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत

मल ल्याउन नसक्ने मन्त्रीहरूलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत

  • सोमवार, जेठ ३० २०७९

  • 961
    SHARES

  • मल ल्याउन नसक्ने मन्त्रीहरूलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत
    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरूलाई कारबाहीको माग गर्नुभएको छ ।
     
    प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरूलाई कारबाही हुनुपर्छ ।’
     
    ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’
     
    फोहोरलाई कम्पोस्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौँ ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उहाँको सुझाव छ ।
     
    यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् ।
     
    ‘अर्थमन्त्री ज्युले भन्सार करका दररेटलाई राती ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौ । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौ’ उहाँले भन्नुभयो ।


    सोमवार, जेठ ३० २०७९०२:४७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij