Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेट, के भयो छलफल ?

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेट, के भयो छलफल ?

  • सोमवार, जेठ ३० २०७९

  • 2.2K
    SHARES

  • एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच भेट, के भयो छलफल ?
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बाम गठबन्धनका विषयमा छलफल भएको छ ।
     
    आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुग्नुभएको थियो । झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको उनीहरू निकट स्रोतले बताएको छ ।
     
    दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्‍यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद् विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
     
    नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गर्नुभयो । तर भेटमा भएको कुराकानीबारे भने उहाँले खुलाउनु भएको छैन् । 


    सोमवार, जेठ ३० २०७९०१:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij