Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मल कहिले आउँछ जवाफ चाहियो : विशाल भट्टराई

मल कहिले आउँछ जवाफ चाहियो : विशाल भट्टराई

  • सोमवार, जेठ ३० २०७९

  • 689
    SHARES

  • मल कहिले आउँछ जवाफ चाहियो : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गर्नुभएको छ ।

    प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उहाँले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताउनुभयो । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उहाँले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताउनुभयो ।

    भट्टराईले केही दिनअघि कृषि मन्त्री मल खोज्न जानु भएको छ रे भन्ने आफूहरुले सुनेको चर्चा गर्दै अगाडि भन्नुभयो, ‘हामीलाई लागेको थियो, अगाडि अगाडि मन्त्रीको गाडी, पछाडि पछाडि मलको कन्टेनर आउला भन्ने सोचेका थियौं ।’

    तर अहिलेसम्म मलको उपलब्धता नभएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । यो सिजनमा ४ लाख मेट्रिक टन मल आवश्यक हुने भएपनि ७ हजार मेट्रिक टनमात्र मल रहेको, त्यो पनि भन्सार नाकामा छ रे भन्ने सुनेको उहाँको भनाइ थियो ।

    मल कहिले आउँछ, कहाँबाट ल्याउँछ भन्ने प्रस्ट जवाफ चाहेर नै आफूहरुले संसदको बैठकको कार्यसूचीलाई स्थगन गर्न प्रस्ताव राखेर यो विषयमा छलफलको माग गरेको भट्टराईले प्रष्ट पार्नुभयो ।


    सोमवार, जेठ ३० २०७९१२:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij