Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मंसिरमा प्रतिनिधि र प्रदेशसभाको चुनाव हुन्छ : प्रचण्ड

मंसिरमा प्रतिनिधि र प्रदेशसभाको चुनाव हुन्छ : प्रचण्ड

  • सोमवार, जेठ ३० २०७९

  • 707
    SHARES

  • मंसिरमा प्रतिनिधि र प्रदेशसभाको चुनाव हुन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताउनु भएको छ।

    बर्दियामा सोमबार आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताउनुभयो ।

    प्रचण्डले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको वताउनुभयो ।

    ’अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ । गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कार्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ,’ उहाँले भन्नुभयो, ’चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ ।’

    प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले भूमिका खेल्नुपर्ने प्रचण्डको भनाइ थियो ।

     


    सोमवार, जेठ ३० २०७९१२:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij