Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विद्युत तारमा झुन्डिएर एक पुरुष हिँड्न थालेपछि प्रहरी हैरान 

विद्युत तारमा झुन्डिएर एक पुरुष हिँड्न थालेपछि प्रहरी हैरान 

  • शनिवार, जेठ २८ २०७९

  • 3.4K
    SHARES

  • विद्युत तारमा झुन्डिएर एक पुरुष हिँड्न थालेपछि प्रहरी हैरान 

    काठमाडौं। नु
    वाकोटमा एक जना पुरुष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरुष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। 
     
    ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरुष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्। 
     
    उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहेको छ ।,’ खड्काले भन्नुभयो।
     
    उहाँका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झार्ने प्रयास भइरहेको छ।


    शनिवार, जेठ २८ २०७९०३:२२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij