काठमाडौं । बाराको कलैयामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा भेटिएका छन् ।
कलैया उपमहानगरपालिका–९ रामपुर टोलका निवासी अन्दाजी ६५ वर्षीय अहमद मिया चुरिहार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक यादवका अनुसार साबिक भिआइपी इँटा उद्योगको जग्गामा रगतले लतपतिएको अवस्थामा शव भेटिएको हो । घटनाको थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो ।