Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अस्ट्रेलिया भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

अस्ट्रेलिया भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

  • शुक्रवार, जेठ २७ २०७९

  • 1.4K
    SHARES

  • अस्ट्रेलिया भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अस्ट्रेलिया लगेर प्रतिस्पर्धात्मक क्रिकेट खेल आयोजनाका लागि नेपाल क्रिकेट संघ र रोयल हेरिटेज अस्ट्रेलियाबीच सम्झौता भएको छ ।
     
    नेपाल क्रिकेट संघका महाप्रबन्धक वृतान्त खनाल र रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
     
    नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरूको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको कम्तीमा तीन वर्षसम्म वर्षको कम्तीमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने सम्झौतामा उल्लेख छ । त्यहाँ स्थानीय टिमका साथै स्टेट टिम र अस्ट्रेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिबद्धता रोयल हेरिटेजले गरेको क्यानका महाप्रबन्धक खनालले बताउनुभयो । 
     
    ‘पहिलो वर्षका रुपमा हामीले सन् २०२२ भित्रै टिम पटाउनेछौँ । पहिलो वर्षको मूल्याङ्कनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्नेछौँ । त्यहाँ हाम्रो टिमको स्तरअनुसार प्रतिस्पर्धात्मक टिम भएन भने भ्रमणको अर्थ पनि रहँदैन,’ महाप्रबन्धक खनालले भन्नुभयो । 
     
    रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसाबमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । 
     


    शुक्रवार, जेठ २७ २०७९०४:५८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij