Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप र कुशलको वरीयता खस्कियो, दीपेन्द्र यथावत्

सन्दीप र कुशलको वरीयता खस्कियो, दीपेन्द्र यथावत्

  • बुधवार, जेठ २५ २०७९

  • 1.1K
    SHARES

  • सन्दीप र कुशलको वरीयता खस्कियो, दीपेन्द्र यथावत्
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी वरीयता खस्किएको छ । 
     
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता खस्किएको हो ।
     
    बलिङ वरीयतामा सन्दीप एक स्थान तल झर्दै ३९ औं स्थानमा रहेका छन् । बलिङतर्फ नेपालका अविनाश बोहरा ८९ औं स्थानमा रहेका छन् । 
     
    ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको वरीयता खस्किएको छ । कुशल ३८ औं स्थानमा झरेका छन् । यस्तै दीपेन्द्र ४० औं स्थानमा झरेका छन् । ब्याटिङतर्फ नेपालका आसिफ शेख ९९ औं स्थानमा छन् । 
     
    अलराउण्डरतर्फ दीपेन्द्रको वरीयता यथावत् रहेको छ ।  दीपेन्द्र १० औं स्थानमा छन् ।
     


    बुधवार, जेठ २५ २०७९०५:१५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij