Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित नागढुंगाबाट ५ जना पक्राउ

स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित नागढुंगाबाट ५ जना पक्राउ

  • मंगलवार, जेठ २४ २०७९

  • 561
    SHARES

  • स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित नागढुंगाबाट ५ जना पक्राउ
    काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित ५ जना पक्राउ परेका छन् ।
     
    पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चारजना चिनियाँ नागरिक छन् ।
     
    प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
     
    नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लास्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।
     
    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     


    मंगलवार, जेठ २४ २०७९०६:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij