Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

  • मंगलवार, जेठ २४ २०७९

  • 675
    SHARES

  • बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै
    काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ ।
     
    सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए ।
     
    प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     
    यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताउनुभएको थियो । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।
     
    सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । 
     
    शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।


    मंगलवार, जेठ २४ २०७९०२:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij