Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीकै नेताहरूले आफ्नो बदनाम गर्न खोजेको भन्दै प्रेम आले जंगिए

पार्टीकै नेताहरूले आफ्नो बदनाम गर्न खोजेको भन्दै प्रेम आले जंगिए

  • मंगलवार, जेठ २४ २०७९

  • 715
    SHARES

  • पार्टीकै नेताहरूले आफ्नो बदनाम गर्न खोजेको भन्दै प्रेम आले जंगिए

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टीभित्रकै केही नेताहरू आफ्नो बदनाम गर्न लागिपरेको भन्दै जंगिनुभएको छ । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तल पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाउनुभएको हो ।

    आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै उहाँले अन्य नेताहरूलाई मौका दिने इच्छा भए बनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभयो । मन्त्री आलेले पार्टीका केही नेताहरूले प्रेम आलेले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति आपत्ति जनाउनुभएको छ । मन्त्री आलेले आफू मन्त्री रहुञ्जेल देश र जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    मन्त्री आलेले तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको बताउँदै अबको मुचुल्कामा वडा अध्यक्षको पनि साथ रहने विश्वास रहेको बताउनुभयो ।


    मंगलवार, जेठ २४ २०७९०१:३२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij